‘९ वर्षीय’ छोरीको तन्नामा बेरिएर मृत्यु


कोहलपुर
२०७६,फागुन १



बिहण्क परियार(बिजय)
भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर बालिकाको ज्यान गएको छ। विहीबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीय छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।








