ड्राइभिङ्ग तालिम शुरु


कोहलपुर
२०७६,फागुन २



बिहण्क परियार(बिजय)
बाँसगढी नगरपालिकामा मोटर ड्राइभिङ्ग तालिम शुरु भएको छ । वडा अध्यक्ष नगेन्द्र गिरीले एक समारोहका बिच उद्धघाटन गर्दै तालिममा सहभागिताहरुलाई ध्यान पूर्वक सिक्न आग्रह गरे । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय नेपालगञ्ज बाँके आर्थिक सहयोगमा सञ्चाालित तालिममा २० जना युवाहरुको सहभागिता रहेको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाँकेका निमित्त प्रमुख गोमानसिहं न्यौपानेले युवाहरुलाई आत्मानिर्भर बनाउन तालिम सञ्चालन गरिएको बताए । स्किल टेड्रिङ्ग तथा रिर्चर कन्सनट्रिका शिव रानाभाटले सञ्चालन गरेको तालिममा वागेश्वरी ड्राईभिङ्ग सेन्टर कोहलपुरले प्राविधिक सहयोग गरेको छ ।








