सार्कका परराष्ट्र मन्त्री र महासचिव बीच भेटवार्ता

कोहलपुर

२०७६,फागुन ४

बिहण्क परियार(बिजय)

 

                    दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव र अध्यक्ष राष्ट्र नेपालका परराष्ट्रमन्त्रीबीच आइतबार भेटवार्ता भएको छ। सार्कका महासचिव पाकिस्तानका अहम्जाद हुसेन बी सइल र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो। नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान सार्क राष्ट्र हुन। सार्कको १८ औं सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। त्यही सम्मेलनबाट नेपाल सार्कको अध्यक्ष भएको हो। भारत र पाकिस्तानको बढ्दो द्वन्द्वका कारण सार्क सम्मेलन हुन सकेको छैन। गत माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओली सार्क राष्ट्रको अध्यक्षका हैसियतामा ठमेलस्थित सार्क सचिवालयको कार्यकक्षमा पुगेर रुद्राक्षको विरुवा रोपेका थिए। विरुवा रोपेपछि उनले सार्क सचिवालयको निरीक्षण र उपस्थित पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए।

सम्बन्धित खवर

Back to top button