खरिपाटीमा क्वारेन्टाइनसँगै स्थानीयका लागि हेल्थ डेस्क


कोहलपुर
२०७६,फागुन ४



बिहण्क परियार(बिजय)
चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई भक्तपुरको चागारायण नगरपालिकास्थित खरिपाटीमा राखिएको छ। नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा १७५ नेपालीलाई राखिएसँगै सरकारले स्थानीयबासीको स्वास्थ्य परीक्षणका लागि छुट्टै हेल्थ डेक्स स्थापना गरेको छ। यसअघि चीनबाट विद्यार्थीहरुलाई त्यहाँ ल्याएर खरिपाटीमा राख्ने सरकारी निर्णयको विरोधमा स्थानीयबासी आन्दोलित भएका थिए। तर सरकारले विद्यार्थीहरुलाई त्यहाँ राखिएपछि स्थानीयबासी कोरोनाको त्रासमा थिए। क्वारेन्टाइनमा बस्नेहरुको हरेक दिन स्वास्थ्य जाँच हुन्छ। अब त्यहाँका स्थानीयहरुको पनि स्वास्थ्य जाँच गरिने भएको छ।स्थानीयको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेक्स स्थापना गरिएको मिश्रले जानकारी दिए। ‘विद्यार्थीहरु राखेपछि स्थानीय अझै डराइरहेका छन्। सरकारले एक १७५ जना नेपालीलाई आजदेखि क्वारेण्टाइनमा राखेको छ। अबको १४ दिन उनीहरु निगरानीमा रहनेछन्। आफन्त तथा परिवारसँग पनि उनीहरुले भेट्न पाउने छैनन्। बेइजिङस्थित नेपाली दूतावासका अनुसार घर फर्किन निवेदन दिएकामध्ये १७५ नेपाल आएका छन्। निवेदन दिएकामध्ये ४ जना आउन माननेन्। ज्वरो देखिएपछि २ परिवारका गरेर ६ जना नेपाल आउन पाएनन् ।