माफिया र सरकार दलालको घेराबन्दीमा : नेता शर्मा


कोहलपुर
२०७६,फागुन ४



बिहण्क परियार(बिजय)
पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन्।पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको बताए। कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा सपथग्रहमा सम्वोधन गदै शर्माले यस्तो बताएका हुन्। उनले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताए। छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उनले आग्रहसमेत गरे। ‘दुई वर्षदेखि रुकुम पश्चिममा संघीय सरकारको बजेट रोकिएको छ’ उनले भने। कर्णालीको विकास, लगानी कम भएको छ। राज्यले कर्णालीलाई हेला गरेको समेत उनको दावी छ। कर्णालीको विकासका लागि पत्रकारितामार्फत आवाज बुलन्द बनाउन पत्रकारलाई आग्रह गरे।