तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन


कोहलपुर



२०७६,फागुन ५
बिहण्क परियार(बिजय)
तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु गरेको छ। बैशाख १९ देखि २५ गतेसम्म गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरू गठन गरी तयारीको सुरुवात गरेको हो। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’ को बैठकले विभिन्न उपसमिति गठन गरेको हो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन उप-समिति, आर्थिक व्यवस्थापन उप–समिति, वृक्षारोपण तथा सरसफाई उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमिति लगायतका विभिन्न १७ वटा उपसमितिहरू गठन गरिएको बताए। उनले बैशाख १९ देखि २५ गते सम्म सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने बताए। सम्मेलनमा स्थानीय नगरपालिकाहरूको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्वशान्ति र्यारी आयोजना गरिने मन्त्री भट्टराईले बताए। सम्मेलनमा करिब २५ देशका ३२ राज्यका प्रनिधिलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए।