जन्मदिनमा साहुसाहुनीहरुबाट मरुभूमिको एकचिम्टी बालुवा उपाहार

‌सर्वप्रथम मेरो र म जस्तै  मानवहरुको जन्मा दिनुहुने संसार भरिका ईश्वरी आमाबुवाहरुलाई  अन्तरमन र अञ्जुली भरीको श्रदा , सुमन् एंव  अनगिन्ती न्यानो मायाको भाव व्यक्त गर्दछु । आज ३० औं बर्ष पार गरी   बुढ्यौलीक्रमका लाखौँ लाख  खुटकिला यी पैतलाहरुले छिचोल्दै गर्दा जान अन्जान खुट्किला भत्किए, बाटाहरु चिप्लिए, घुम्ती फेरिए , जन्मनुको कर्तव्य निर्वाहकै लागि अनबरत चालिएका मेरा पैतलाहरु कयौं पटक गले । भानिन्छ आमा बिनाको मान्छे जिन्दगी भरको गरीब हुन्छन् तर तक्दिरले पनि केही वर्षको  जमान्तर देखि नै भग्यारुपी गरिव बनायो सम्पतिका नाममा  मेरा जन्मारुपी साहुसाहुनीहरुबाट मरुभूमिको एकचिम्टी बालुवा उपाहार स्वरुप ग्रहण भयो, त्यही मरुभूमि को बालुवामा आज हजारौँ सपनाका खेती गर्दैँगर्दै आजको दिन सम्म आउँदा कैयौँ  बेबदानहरुले चिथोर्ने प्रयास गरे काँडा हरुले घोचेसपनाका पर्खालहरु भत्किए, तरपनि   मनभित्रका कठोर निर्भय विचारका सिपहीहरुले अविराम धकेल्दै धकेल्दै आजका दिनसम्म पुर्याई रहँदा अब उप्रान्त अझैं भिमकाय चुनौतीहरूले निम्न प्रश्नन गरिरहन्छन्

१) कुनै एकै समाजमा एक व्यक्ति दु:खी र अर्को सुखी  किन हुन्छ ?

‌२) किन कुनै व्यक्ति सम्पन्न हुन्छ अनि अर्को निरास र निर्धन ?
‌३) किन कुनै व्यक्ति कातर र डरपोक हुन्छ अर्को चाँहि निडर र आत्मविश्वासी ?
‌४) किन कुनै व्यक्ति आरामदायी महलमा जीवन बिताइरहेको हुन्छ अर्को भने झुपडीमा ?
‌५) किन कुनै व्यक्ति सफल त अर्को असफल हुन्छ?
‌६) किन कुनै व्यक्ति उत्कृष्ट र चर्चित अनि अर्को मध्यम र गुमनाम हुन पुग्छ?
‌७ किन  कुनै व्यक्ति कुशलतापूर्वक आफ्नो काम गर्छ त अर्को भने मारीमेटी झारा टार्ने मात्रै ?
‌८) किन अशल मान्छेहरू पनि खराब र असफल त अर्को अराजक र अनैतिक मान्छे सफल हुन्छ ?

‌ जन्मत सबैको समान छ र यही धर्तीमा छ  !!

यद्यपि  जीवन र जगतको नियम सरल ढङ्गमा बयान गर्न सम्भव छैन भन्ने लाग्दालाग्दै पनि मा यी चनौती को सामना र समाधान गर्न सक्ने यौटा  साधन खोजेर आउनेछु  जाँदा जाँदै अर्को बर्ष ।

अन्तत :  समाजिक संजाल,फोन , एसएमएस तथा लाईक र कमेन्ट मार्फ सुभेक्षा प्रकट गर्नुहुने  हुने सम्पूर्ण अग्रज व्यतित्वहरु , हितैसि मित्र,   साथीभाइ लगायत सबैमा  हार्दिक हार्दिक आभार प्रकट गर्दछु । जिन्दगी धेरै तिता मिठा र केही चुनौतिपूर्ण र फरक  अनुभूतिले भरिएको छ ।  धन्यवाद ।

सम्बन्धित खवर

Back to top button