शिक्षा दिने गुरु को हातबाट विध्यार्थी नराम्ररी कुटिए ।


कोहलपुर
२०७६,फागुन ८



बिहण्क परियार(बिजय)
रौतहट जिल्ला को चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुर शिक्षा दिने गुरु को हातबाट बुधबार कक्षाकोठामै उनी नराम्ररी कुटिए ।
शिक्षक रामप्रवेश यादवले ‘बढी बोलेको’ भन्दै ठाकुरमाथि मुक्का बर्साएका हुन् । कक्षाकोठाबाट मुक्का हान्दै होस्टलसम्म पुर्याएको विद्यार्थी ठाकुरले बताए । ‘मलाई मार्ने नै गरी एकोहोरो बक्सिङ हान्नुभयो,’ उनले भने, ‘सन्तमान सरले बचाउनु भयो ।’ आँखामा चोट लागेका ठाकुरले रुँदै घटनाबारे बताए । घटनाबारे सोध्दा शिक्षक यादवले उल्टै आफूमाथि दुर्व्यवहार गरेको उनले बताए । घाइते विद्यार्थीको स्वास्थ्य परीक्षण र उपचारको लागि चन्द्रपुर अस्पताल पठाएको छ । प्रिन्सिपल शंकरप्रसाद साहले कुटपिट घटना दुःखद भएको बताउँदै शिक्षक यादवबाट गल्ती भएको जानकारी दिए ।