रेफ्रीलाई बल हस्तान्तरण गरि खेल शुरु


बैजनाथ गाउँपालिका ५ बाके जि गाँउको श्री प्रभात माध्यमिक बिद्यालयको खेलमैदानमा शनिबार पुर्ब सिचाइ राज्य मन्त्री तथा सबिधानसभा सदस्य दल बहादुर सुनार को प्रमुख आतिथ्यमा रे फ्री बल हस्तान्तरण गरि खेल शुरु गरिएको हो।
शिवालय युवा क्लबको आयोजनामा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगितामा कुल १४ समुह सहभागी भएको आयोजकले जानकारी गराएको छ ।
प्रमुख अतिथी सुनारले कार्यक्रम लाई सम्बोधन गर्दै शिवालय युवा क्लबले आगामी दिनमा पहिलो महिला फुटबल प्रतियोगिताको शुरूवात गर्न आग्रह समेत गर्नुभयो भने कार्यक्रमका बिशिस्ट अतिथी बैजनाथ गाउँ पालिका का उपाध्यक्ष शारदा बि क ले स्थानीय सरकारका तर्फबाट गर्नसक्ने सहयोगमा कुनै कमिनहुने तथा यसरी नै हरेक बर्ष निरंतरता दिन तत्पर रहेको प्रतिबद्धता जाहेर गर्नुभयो।



श्री प्रभात माध्यमिक बिद्यालयको प्राङ्गणमा शुरुभएको खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु ६६ हजर ६ सय ६६ रुपैयाँ द्वितीय पुरस्कार रु ४४ हजार ४ सय ४४ नगत सहित शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने शिवालय युवा क्लबका सदस्य एव युवा समाजसेवी यज्ञ पुनले जानकारी गराउनु भयो ।
उत्त कार्यक्रमको समापन शिवालय युवा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपक कार्कीले प्रमुख अतिथी बिशिस्ट अतिथी अतिथी खेल सफल बनाउन सहयोग गर्नुहुने विभिन्न संघ सस्था ब्यक्ति लगाएत सहभागी क्लबका खेलाडीहरुलाई सहार्दपुर्न खेल मर्यादित बनाउन अनुसासनमा रहि खेल प्रदर्शन गर्न अनुरोध समेत गर्नुभएको छ ।
उत्त एक साता चल्ने खुल्ला फुटबल प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुलाई प्रत्येक वार्ड बाट सहभागी खेलाडी लाई प्रोत्साहन स्वरुप घोर्ले खसी प्रदान गरिने छ भने आज भएको ३५ माथिको समुह बैजनाथ ५ जि गाउँ र बैजनाथ ६ लालपुर बिचभएको खेलमा १-० ले लालपुर बिजय भएको छ ।अन्तमा उद्वघाटन कार्यक्रमलाई शिवालय युवा क्लबका अध्यक्ष दिपक कार्किले कार्यक्रम समापन गर्नुभएको हो भने कार्यक्रम शिवालय युवा क्लबका सचीव प्रेम बिष्टले सन्चालन गर्नुभएको थियो।