आजको दिनमा मलाई शुभकामना दिनुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।,जिन्दगीमा जानी जानी कुनै गल्ती गरेको छैन । आउने दिनमा पनि कुनै पनि अप्ठ्यारा व सजिला अवस्थामा पनि आफ्नो गाउँ घर समाज र मातृभूमी प्रति आँच आउने कुनै पनि गल्ति नगर्ने मेरो प्रतिबद्धता छ ।

कोहलपुर

२०७६,फागुन ११

बिहण्क परियार(बिजय)

                                                          आज मेरो जन्म दिन,,,
फागुन १० गते मेरी आमाले सुर्खेत जिल्ला को एउटा दुर्गम गाउँ निगलेनी मा मलाई जन्माउनु भएको हो । जिन्दगीमा अनेक उतार चढाब, उकाली, अोराली गर्दै यहाँसम्म अाइपुगेको छु । यो यात्रामा मलाई मेरी आमा, बुवा दाजु भाउजु दीदी, बहिनी श्रीमती लगायत परिवारका सदस्यहरु, आफन्तहरु, पार्टीका नेता तथा साथिहरु, शुभचिन्तकहरुले बिभिन्न कालखण्डमा सहि मार्गमा डोर्याउन बिशेष भूमिका खेल्नु भएकोछ । म बिदेश को भूमि मा रहदा मेरा बा बित्नु भएको हुनाले छोरा ले बा प्रति गर्नुपर्ने कर्तब्य सबै पूरा गर्न सकिनर बा बाट पाउनु पर्ने सबै कुरा पर्याप्त पाउंन नसके पनि यस बारे मा आफन्तका अग्रजहरु को न्यानो मायाले मेरो जीवनमा त्यो अभाव पुरा भएको मैले महसुस गरेको छु, आजको दिनमा वहाँहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, जिन्दगीमा जानी जानी कुनै गल्ती गरेको छैन । आउने दिनमा पनि कुनै पनि अप्ठ्यारा व सजिला अवस्थामा पनि आफ्नो गाउँ घर समाज र मातृभूमी प्रति आँच आउने कुनै पनि गल्ति नगर्ने मेरो प्रतिबद्धता छ । जिन्दगीको यात्रा लामो र कठिन छ भन्ने मैले बुझेको छु । मलाई थाहा छ यो यात्रामा म एक्लै छैन । आजको दिनमा मलाई शुभकामना दिनुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

 

 

सम्बन्धित खवर

Back to top button