अब सिधै किसानको बैंक खातामा अनुदान दिने योजना : मुख्यमन्त्री राउत


कोहलपुर
२०७६,फागुन १३



बिहण्क परियार(बिजय)
प्रदेश २ सरकारले किसानलाई कृषिजन्य उत्पादन गर्न अनुदान दिने योजना ल्याउन लागेको छ। योजना अन्तर्गत प्रदेश सरकारले किसानको बैंक खातामा सिधा रकम जम्मा गर्ने तयारी थालेको हो। जनकपुरमा आयोजित खाद्य मेलाको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले गरिब तथा विपन्न किसानलाई लक्षित गरेर अनुदान दिने योजना ल्याउन लागेको बताए। बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तरगत विमित छोरीको खातामा रकम जम्मा गरिरहेको जस्तै किसानको खातामा पनि सिधा रकम पठाइदिने योजना रहेको सुनाए। उनले भने, ‘पाँ कट्ठामा खेती गर्ने किसान होस् वा १०/१५ कट्ठामा खेती गर्ने। सबै किसानको खातामा सिधा रकम पठाउँछौं। मुख्यमन्त्री राउतले सुरुमा प्रदेशका आठ जिल्लाका आठ स्थानीय तहबाट किसानलाई अनुदान दिने कार्यक्रमको सुरुवात गर्ने संकेत गरेका छन्। उनले एकैपटक सबै स्थानीय तहमा कार्यक्रम शुभारम्भ गर्न समस्या पर्न सक्ने भन्दै ८ स्थानीय तहबाट सुरुवात गरिने बताए। संघीय सरकारले प्रदेशलाई मात्र २ प्रतिशत बजेट उपलब्ध गराइरहेको भन्दै थोरै भएपनि किसानलाई राहत मिलोस् भनेर अनुदान दिने उनले बताए। ‘किसानले समयमा न मल पाउँछन् न बिउविजन पाउँछन्, मुख्यमन्त्री राउतले भने, ‘खेतमा सिंचाइ पनि छैन। अनी किसान जसोतसो खेती गरिरहेको अवस्था छ।’ नेपालमा सबैभन्दा खराब अवस्था कसैको छ भने त्यो किसान हो। उत्पादन घटेकोमा मुख्यमन्त्री चिन्तित छन्। यसको प्रमुख कारण हो। समयमा किसानले मल, विबविजन नपाउनु र सिंचाईको समेत व्यवस्थापन मिलाउन नसक्नु। मुख्यमन्त्री राउत भन्छन्, ‘प्रदेश २ को कृषि उत्पादनले सातवटै प्रदेश पाल्न सक्छ। तर त्यो क्षमता हुँदाहुँदै पनि अहिले प्रदेश २ कै किसान पारी (भारत) बाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ। यसको मुख्य कारण हो– संघीय सरकारको माफिया र दलाल पाल्ने सोच। उनले साना–साना कुरालाई ‘ब्रान्डिङ’ गर्ने शिप नहुँदा किसान पछाडी परेको र अब त्यो शिप सिक्नुपर्नेमा जोड दिए।








