सुनको मूल्य घट्यो बजारमा


कोहलपुर
२०७६,फागुन १३



बिहण्क परियार(बिजय)
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर, बुधबार ७९ हजार ५ सयमा कारोबार भएको छ। त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ९ सय ५ रूपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने बुधबार २० रूपैयाँले घटेको हो।








