बलात्कार अभियोगमा पक्राउ मन्त्री को सल्लाहकार

 कोहलपुर

२०७६,फागुन १३

बिहण्क परियार(बिजय)   

              एकजना राज्यमन्त्रीका सल्लाहकारलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार किशोरी बलात्कार अभियोगमा पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। बलात्कार अभियोगमा पक्राउ परेका घलेले शक्तिको आडमा प्रहरीलाई दबाब दिन खोजे पनि उनीमाथि म्याद थप गरेर कारवाही अघि बढाइएको हो। किशोरीलाई घलेले माघ २७ गतेदेखि फागुन १ गतेसम्म फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। ‘घलेलाई १४ दिनअघि पक्राउ गरेका हौँ। उनीविरुद्ध शरीर बन्धक तथा बलात्कार केसमा अदालतबाट जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’।

सम्बन्धित खवर

Back to top button