वीरेन्द्रनगर नगरपालिका नियम कानुन बनाउँछ, तर पालना गर्दैन


कोहलपुर
२०७६,फागुन १६



बिहण्क परियार(बिजय)
वीरेन्द्रनगर नगरपालिकाले बनाएको कार्यविधिमा एउटा संस्थाले तीन वर्षमा एकपटक मात्र महोत्सव गर्न पाउने उल्लेख गरिएको छ। एउटै प्रकृतिका र एउटै क्षेत्रगतका महोत्सव एकै वर्षमा लगाउन नमिल्ने पनि कार्यविधि बनाइएको छ। तर, केही समयअघि घरेलु महासंघ कर्णाली प्रदेशकर्णाली प्रदेशको राजधानीले आयोजना गरेको महोत्सवकै प्रकृति र क्षेत्र पनि मिल्ने ‘एक्स्पो’ नाम दिएर उद्योग वाणिज्य संघ सुर्खेतले महोत्सव संचालन गरेको छ। नगरपालीकाले आफूले बनाएको कानुनविरुद्धमा उस्तै प्रकृतिको यो महोत्सव किन संचालन गर्न दियो भन्ने प्रश्न नागरिकले गरेका छन्।रदेश राजधानीकै नगरपालिकाले मेला तथा महोत्सव व्यवस्थित गर्न भन्दै २०७५ सालमा कार्यविधिसमेत बनाइ वेबसाइटमा राखेको थियो। उक्त कार्यविधिमा मनोरञ्जनतर्फ आयोजकले लिने शुल्क र समयसीमा तोकेको छ तर आम नागरिकले भने नगरपालिकाले तोकेको शुल्कभन्दा बढी रकम तिरिरहेका छन्।