भेरी प्राविधिकको होस्टेलमा आगलागी

कोहलपुर

२०७६,फागुन १९

बिहण्क परियार(बिजय)

 

              नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको छात्रावासमा आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित, भेरी प्राविधिक शिक्षालयको गल्र्स होस्टेलको स्टोर रुममा गए राती आगलागी भएको हो ।आगलागीबाट ५० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालयका ईन्चार्ज हरि वस्नेतले जानकारी दिए ।आगलागी भएपनि दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो तुरुन्तै निभाईएका कारण थप क्षती हुन नपाएको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button