ड्युटीमा खटिने ट्राफिक प्रहरीले मुख सुँघेर मापसे जाँच नगर्ने सुझाव दिए

कोहलपुर

२०७६,फागुन २१

 

     बढ्दो कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ड्युटीमा खटिने प्रहरीलाई श्वास सुँघेर मापसे नजाँच्न सुझाव दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सामान्यतया मादक पदार्थ सेवन गरे या नगरेको पत्ता लगाउन प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ। तर बढ्दो चाप र ट्राफिकसँग सीमित ब्रेथलाइजरको भएकोले मुख सुघेर मापसेको जाँच गरिँदै आएको छ। बढ्दो जोखिमलाई न्यूनीकरण गर्न महाशाखाले ट्राफिक प्रहरीलाई सुझाव दिएको हो’ हाल महाशाखासँग ७२ वटा ब्रेथलाइजर रहेको प्रमुख ढकालले जानकारी दिए। उनले आवश्यक पर्ने थप ब्रेथलाइजरको आवश्यकताबारे प्रक्रिया अघि बढिसकेको बताए।

सम्बन्धित खवर

Back to top button