५८ खर्ब रूपैयाँ आर्थिक सहायता घोषणा


फागुन २२, २०७६ कोभिड १९ (कोरोना) प्रभावित मुलुकहरुलाई कोरोनासँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ५० अर्ब अमेरिकी डलर (करिब ५८ खर्ब नेपाली रुपैयाँ) आर्थिक सहायता घोषणा गरेको छ। प्रभावित मुलुकहरुलाई कोरोनासँग लड्न आइएमएफले ठूलो आर्थिक सहायता घोषणा गरेको हो। चीनलगायत विश्वका ७० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएपछि मुद्रा कोषले पछिल्लो सहायता घोषणा गरेको हो। कमजोर स्वास्थ्य प्रणाली भएका गरीब र मध्यम आय भएका मुलुकहरुले यो सहायता पाउनेछन्। कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी आर्थिक अंगले प्रदान गरेको यो नै पछिल्लो सबैभन्दा ठूलो सहायता हो। सन् २००८ मा मच्चिएको आर्थिक मन्दी यताकै सबैभन्दा कमजोर स्थिति यतिखेर विश्व अर्थतन्त्रले खेपिरहेको कोषले जानकारी दिएको छ।








