बुधवार लागुऔषध ब्राउन सुगरसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ


फागुन २२, २०७६ झापा
झापामा छुट्टाछुट्टै स्थानबाट बुधवार लागुऔषध ब्राउन सुगरसहित आठ जना पक्राउ परेका छन्। झापा प्रहरीले अर्जुनधारा र मेचीनगरबाट उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क नजिकैको एक होटेलबाट लागु औषध ब्राउन सुगरसहित छ जना पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटेलको एक कोठामा चेकजाँच गर्ने क्रममा उनीहरूसँग ३९ ग्राम २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा बरामद गरेको हो।



पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।। प्रहरी चेकजाँचको क्रममा अर्जुनधारा ११ का २३ वर्षीय समीर माझी र सोही ठाउँका २२ वर्षीय सुरज माझीले (फुलकोपी) तरकारीमा लुकाइछिपाई ल्याएको अन्दाजी ४ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।