ड्युटीमा खटिने प्रहरीलाई मास्क अनिवार्य रुपमा

कोहलपुर

२०७६,फागुन २३

 

        बाँके प्रहरीले ड्युटीमा रहेका प्रहरीलाई मास्क अनिवार्य गरेको छ। चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको असर ड्युटीमा खटिएका प्रहरीमा पर्न सक्ने खतरालाई मध्यनजर गरी मास्क अनिवार्य गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। सर्वसाधारणको भीडभाड हुने स्थानमा समेत ड्युटी बस्नुपर्ने भएकोले कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गरी ड्युटीमा खटिने प्रहरीलाई मास्क अनिवार्य गरिएको बताए।बुधबारदेखि नै बाँकेका प्रहरीले मास्क प्रयोग गर्न थालेका छन्,’ प्रहरी उपरीक्षक ओलीले भने, विमानस्थल, ट्राफिक चेकिङ र भिडभाडमा ड्युटी गर्ने प्रहरीलाई मास्क अनिवार्य गरिएको छ।’ बाँके प्रहरीलाई आवश्यक पर्ने मास्क जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी खरिद गरिएको उनले जानकारी दिए। उनले आफू मातहतका प्रहरीलाई साबुन पानीले हात धुने, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य परीक्षण गराउने लगायतका निर्देशन दिएको बताए। हात मिलाउँदा भाइरस सर्ने भएकोले सकेसम्म हात नमिलाउनसमेत निर्देशन दिइएको उनले बताए।

सम्बन्धित खवर

Back to top button