अछाममा १८ बर्षिय किशाेरीको रुख बाट खसेर मृत्यु


ंकोहलपुर
फागुन २५, २०७६
ंकोहलपुर
अछामको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
तुर्माखाँद गाउँपालिका–५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ बर्षिया दुर्गा शाहीको सनिबार बेलुका साढे ४ बजेतिर घर नजिकै रहेको साजको रुखबाट लडेर उपचार गर्न सुर्खेत लैजाँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरी चौकी तुर्माखाँदले जानकारी दिएको छ ।