१२ वर्षपछि पक्राउ पत्रकार साहका हत्यारा

कोहलपुर

फागुन २५, २०७६

 

         बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन फौजदार पक्राउ परेका छन्। १२ वर्षदेखि फरार रहेका महागढीमाई नगरपालिका ६ का फौजदारलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। घटनापछि लामो समय खुलेयाम घुम्दै आएका फौजदार पछिल्लो समय लुकेर बसेका थिए। फरार रहेका फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति २ बजे उनको घर पुगेको र घरलाई घेरा हालेर फौजदारलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।  बारा प्रहरीको नियन्त्रणमा रहेका फौजदारलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ। पत्रकार साह हत्यामा संलग्न अन्य दुई लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्। पत्रकार साहको २०६४ असोज १८ बाराको पिपरा बजारबाट अपहरण भएको थियो। अपहरणपछि खोज्दै जाने क्रममा साहको शव कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो।

सम्बन्धित खवर

Back to top button