दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय तिर

कोहलपुर

२०७६ फागुन २६

 

दिवा खाजा कार्यक्रमले प्युठानका विद्यालयहरुमा विद्यार्थी नियमित हुन थालेका छन् ।प्राथमिक तहसम्म दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि पूरै समय विद्यालयमा बस्ने विद्यार्थीको सङ्ख्या पनि बढेको छ । महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा बाल विकासदेखि कक्षा ५ सम्म १ सय २९ जना विद्यार्थी पढ्छन् । पहिलो पटक दिवा खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीहरु नियमति विद्यालय आउने र पूरै समय विद्यालयमा बस्ने गरेका छन् ।अहिले देशैभर स्थानीय तहले विद्यालय सञ्चालन भएको दिन दिवा खाजाको व्यवस्था मिलाएको छ । प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले विद्यार्थीलाई खाजा रकम तोकिएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button