६९ हजारको सफल उपचार

कोहलपुर
फागुन ३०, २०७६     कोरोना भाइरसको सङक्रमण १२७ देशमा पुगेको छ। भाइरसका कारण अहिलेसम्म संसारका एक लाख ३४ हजार ६ सय ६९जनामा सङ्क्रमण भएको छ। तीमध्ये चार हजार ९ सय ७३ जनाको मृत्यु भएको छ। कूल सङ्क्रमित मध्ये ६९ हजार १ सय ४२ मानिसको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। विगत २४ घण्टामा इटालीमा सबै भन्दा बढी १ सय ८९ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा ७५ जनाले विगत २४ घण्टामा ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा ३१ जनाको मृत्यु भएको छ।  करिब ६ हजार सङ्क्रमितको अवस्था भने गम्भीर रहेको छ। पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार पुगेको छ। त्यस्तै इरानमा १० हजार संक्रमित छन्। दक्षिण कोरियामा आठ हजार संक्रमित छन्। यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार पुगेको छ। पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ। भारतमा एक जनाको ज्यान गएको छ भने ७५ जना संक्रमित भएका छन्। पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ। भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ।

सम्बन्धित खवर

Back to top button