कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को बार्षिक परीक्षाको प्रश्नपत्रमा त्रुटी नै त्रुटी
कोहलपुर
२०७६ चैत ,२
बाँके कोहलपुर नगरपालिकाले सञ्चालन गरेको परीक्षा आधारभुत तहको कक्षा ८ को बार्षिक परीक्षाको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको छ । शनिबार भएको विज्ञान तथा वातावरण विषयको प्रश्नपत्रमा त्रुटी नै त्रुटी भेटिएको हो । प्रश्नपत्रमा नेपाली र अंग्रेजी अनुवादमा त्रुटी देखिएको थियो ।कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रशासनिक सहायक दुर्गा बाँस्तोलाले विश्वभरी नै फैलिएको कोराना भाइरसका कारणले प्रश्नपत्रमा त्रुटी देखिएको बताए । ‘हामीले बनाएको कार्यतालिका अनुसार काम अगाडि बढाउन पाइएन’ उनले भने, ‘हामीले कार्यतालिका अनुसार चैत ६ गतेबाट परिक्षा सञ्चालन गर्ने भनिएता पनि कोराना भाइरसका कारणले छिटोछिटो परिक्षा सञ्चालन गर्नु प्रश्नपत्र प्रुरुफ रिडिङ गर्ने पनि भ्याइन्, त्यसैले प्रश्नपत्रमा समस्या देखियो ।’ राष्ट्रिय परिक्षाहरुमा समेत त्रुटी देखिएको भन्दै आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास उनले गरे । ‘राष्ट्रिय परिक्षाहरुमा त त्रुटी देखिन्छ’ प्रशासनिक सहायक बाँस्तोलाले भने, ‘यो त नगरपालिकाले बनाएको प्रश्नपत्रमा आउनु कुनै ठुलो विषय होइन ।’ कोहलपुर नगरपालिका भित्रका ४२ वटा विद्यालयका ४२ वटा केन्द्र तोकिएर परिक्षा भइरहेको छ दुई हजार तीन सय ६८ जना विद्यार्थीले फारम भरेका भएपनी दुई हजार तीन सय विद्यार्थीले शनिबारको परिक्षामा सहभागिता जनाएका थिए । आधाभुत तह कक्षा ८ को बार्षिक परिक्षा गत फागुन २९ गतेबाट सञ्चालन गरिएको थियो ।कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्डयालसँग यस बिषयमा बझ्न खोज्दा मोबाइल स्विच अफ रहेको थियो । प्रश्नपत्र बनाउँदा नगरपालिकाले त्रुटी गरेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा पश्नपत्रको फोटो नै राखेर नगरपालिकाको आलोचना गरेका छन् ।