“हाम्रो लुगा हैन तिम्रो सोच छोटो हो!”


रोहित मल्ल
काठमाडौं २ चैत्र : “हाम्रो लुगा हैन तिम्रो सोच छोटो हो!”माईतिघर मण्डेला आसपास यस्ता नारा लेखिएका बोर्ड लिएर केही बदल्ने उद्देश्य लिएर उभिने थुप्रै अभियन्ताहरुलाई नमन। आज यसबारे केही लेख्न मन लायो। यो लेख लामो र छोटो लुगा भन्दापनि पूर्णत सहजता र कपडाको बनावटका सम्बन्ध बारे हुनेछ।



मानौ तपाईं भोजभतेरमा हुनुन्छ, अथवा, कुनै पार्टी, उत्सव त्यहाँ मिनिस्कर्ट लगाएर जानुभाको छ भने बेला बेलामा तल तान्दै र लामो गाउन लगाउनुभाको छ भने माथि उचाल्दै २-३ घण्टा मजाले बिताउनुहोला अझ त्यसमाथी हिलपनी छ भने पाईला पाईलामा सचेत भएर २-३ घण्टा बितेको पत्तै हुँदैन। तर सामान्य जीवनमा भैपरी आउने आकस्मिक् घटनाहरु प्राय त्यती सजिला हुँदैनन र त्यस्तो समयमा सबै आफै सचेत रहनुपर्छ।
मानौ बाटोमा मजाले आफ्नै सुरमा हिडिराख्नुभाछ, एकासी आन्दोलनकारीलाई लखेट्दै एक हुल पुलिस लाठी बर्षाउदै तपाई तिर आयो अब भाग्नुपर्यो। मानौ खाली सडक छ तर एउटा साँढे तपाईंको रातो लुगा देखेर खेद्दै आयो । मानौ ब्रेक फेल भाको गाडी अनियन्त्रीत भएर तपाईंतिर आउँदै छ । मानौ कुनै पागल ढुङ्गाले ताकेर मान्छे लखेटिरहेछ । मानौ रातमा कुनै बला’त्कारीको आ’क्रमण बाट तपाई बच्नुपर्नेछ या लात्ती मु’क्का बर्षाउदै उसँग प्रतिकार गर्नुपर्नेछ ।
यी सबै अवस्थामा मान्छेले कस्तो लुगा लगाएको छ् भन्ने कुराले फरक पार्ला कि नपार्ला? हिलजुत्ता पछी सबैभन्दा बढी असहज भनेको साडी अनी मिनिस्कर्ट नै होला। यस्तो अवस्थामा पुरुषले पनि झाडन, कच्छाड, धोती बेरेको छ् भने उसलाई पनि उत्तिकै गाह्रो होला। त्यसैले कसैले पनि पाईन्ट लगाउने चलन अलिक प्रगतिशिल नै हो जस्तो मलाई लाग्छ।
फेशन, सहजता र खर्च
कुनैपनी कपडा छान्दा यी तिनवटा तत्व एक अर्कासँग मिल्नुपर्ने हो तर ब्र्म्हाको टाउकोजस्तो सब विपरित दिशा तिर फर्केको छ, र सबैको ढाकछोप हुनेगरी केवल एउटै जवाफ छ समाजमा
“हाम्रो शरीर, हाम्रो लुगा, हाम्रो अधिकार, त को होस् हामीलाई लुगा लगाउन सिकाउने?”