काठमाडौंमा तापक्रम २३ देखि २५ डिग्री सेल्सियस पुग्ने


कोहलपुर
चैत ३, २०७६
काठमाडौं उपत्यकामा आज दिउँसोको तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री मापन गरिएको छ। अहिले बिहान देशको पहाडी भूभागको मौसम आंशिक बदली रहेको छ। बाँकी भुभागको मौसम समान्यतयाः सफा रहेको महाशाखाका मौसमविद मिनकुमार अर्यालले जानकारी दिएका छन्। राती पनि देशका पहाडी भुभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा अर्यालले जानकारी दिए।











