‘नेपालमा हालसम्म कसैलाई देखिएको छैन कोरोना भाइरसको संक्रमण’


कोहलपुर
चैत्र ३ २०७६



नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो उल्लेख गरेको हो। दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो। तर ती व्यक्तिलाई चाँडै नै निको भएको थियो। हालसम्म ४ सय ७८ को परीक्षण हालसम्म नेपालमा ४ सय ७८ जना शंकास्पद बिरामीको ल्याब परीक्षण गरिएको छ। ती सबैमा कोरोना भाइरस नेभेटिभ देखिएको मन्त्रालयले जनाएको छ। प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भने, ‘परीक्षण गरिएका ती सबैको रिपोर्ट नेगेटिभ आएको छ, गएराति काठमाडौंलगायत विभिन्न अस्पतालबाट ६ जना शंकास्पद बिरामीको ल्याब परीक्षणका लागि नमुना ल्याइएको छ। उनीहरुको रिपोर्ट बेलुकासम्म आउँछ।’ यस्तै हिजो (आइतबार) कोरोना भाइरसको आशंकामा विराटनगरबाट ग्रान्डी अस्पतालमा रिफर गरिएका बिरामीमा समेत नेगेटिभ रिपाेर्ट देखिएको थियाे। यस्तै कोरोना भाइरसको आशंकामा विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ।







