कोरोनको कारण काठमाडौं खाली, बाजार सुनसान,


चैत्र ४ काठमाडौं :- कोभिड 19 का कारण काठमाडौंका बेस्त सडक र बाजार सुनसान खाली भएका छन् । विश्वभरी महामारीकोरुप लिएको नोबेल कोरोनाका कारण मान्छेहरु घरबाहिर ननिस्कन जारी सरकारको निर्देशन बमोजिम मान्छे बाजार बाहिर आउन छाडेका हुन । चीनको बुहान सहरबाट फैलिएको उक्क्त महामारीको रहस्य अझैपनि प्रष्ट नभएपनि शक्ति राष्ट बीच विभिन्न प्रकारका टिका टिप्पणी भैरहेका बेला नेपालमा यो रोगको प्रभाव नदेखिनु झन रहस्य पूर्ण छ । यसलाई कसैले सरकारले सूचना लुकाएको भन्छन् त कसैले नेपालीहरूको रोग प्रतिरोधा्मक क्षमता प्रबल रहेको भनिरहेका छन् । अर्को तिर अमेरिकाले आफ्नो विरोधी राष्ट्रका नागरिक हरुको DNA अनुसारको भाईरस बिकसित गरेकोले यस्तो हुन सक्कने आकलन गर्न थालेका छन् ।











