कोरोना भाइरस हेल्प डेस्कको स्थापना कोहलपुर बसपार्कमा

कोहलपुर
चैत ४, २०७६

 

बाँकेको कोहलपुरमा बसपार्कमा  कोरोना भाईरस ( कोभिड १९) विरुद्ध पूर्वतयारी अपनाउँदै सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्पडेस्कको स्थापना गरिएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले बसपार्कमा हेल्प डेस्कको स्थापना गरेकोहो।हेल्पडेस्क स्थापना कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निम्ति कार्यालय प्रमुख अगंत बहादुर शाहीले बाँकेमा कोरोना भाईरस ( कोभिड १९) विरुद्ध जमुनाह नाका, सुइया नाका रांझा विमानस्थल नेपालजग तथा ,कोहलपुर बसपार्कमा गरी ४ ठाँउमा हेल्पडेस्कको स्थापना गरिएको बताए ।कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले विश्व महामारीको रुपमा देखिएको कोरोना भाईरस ( कोभिड १९) बारे सर्तकता अपनाउन आग्रह गर्दै कोहलपुर बसपार्क मानिसहरुको आवतजावत गर्ने ट्रान्जिट प्वाइन्ट भएकाले हेल्पडेस्कको स्थापना गरिएको बताए ।

सम्बन्धित खवर

Back to top button