कोहलपुरमा बालविवाह अन्त्यका लागी कार्ययोजना निमार्ण सम्बन्धि कार्याशाला गोष्ठी
कोहलपुर
चैत ५, २०७६
बाँकेको कोहलपुरमा बालविवाह अन्त्यका लागी कार्ययोजना निमार्ण सम्बन्धि कार्याशाला गोष्ठी बुधबार कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना प्लान ईन्टरनेशनलको नेपालको सहयोग तथा स्याक नेपालको समन्वय र सहकार्यमा संचालन गरिएको सो कार्यशालामा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले बालविवाह न्युनीकरणका अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । त्यस्तै कार्यशालामा बोल्दै कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले बाल विवाह व्यक्ति ,समाजका लागी नराम्रो पक्ष भएको बताउदै उमेर पुगेपछि मात्र विवाह गनुृपर्ने सन्देश दिनपनुपर्ने बताए । नगरपालिकाकै आयोजनामा सोमबार पालिकामा भएका बालबालिका सम्बन्धि नितिहरुको समिक्षा कार्यक्रम समेत सम्पन्न गरिएको स्याक नेपालकी फिल्ड सुपरभाईजर लसिना वलीले जानकारी दिईन दुईवटै कार्यक्रमको सहजीकरण बाल अधिकारकर्मी भिम अवस्थीले गरेका थिए ।