नेपाल-भारत जमुनाह नाकामा सवारी आवागमनमा निषेध्

कोहलपुर
चैत ५, २०७६

 

नेपाल-भारत जमुनाह नाकामा सवारी साधन आउजाउमा कडाई गरिएको छ । भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछी दुबै देशका सुरक्षा अधिकारीहरुले नाकामा सवारी आवागमनमा कडाई गरेका हुन् । नेपालगन्जको चौलिका चोकदेखी नाकातर्फ सवारी साधन लैजान दिइएको छैन। अत्यावश्यक काम बाहेक भारत नजान बांके प्रशासनले अनुरोध गरेको छ । कोरोनाको संक्रमण भारतको लखनउमा समेत फैलिदै गएपछी सिमामा चेकजाँच कडाई गरिएको हो । भारतले  नाकामा हेल्थ डेस्क राखेर नेपाल बाट प्रवेश गर्नेहरुलाई चेकजांछ गरेर मात्र जान दिएको छ । संकास्पद लागे त्यस्ता बिरामीलाई फर्काइदिने गरेको छ ।

 

सम्बन्धित खवर

Back to top button