बाँकेको कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु चैत मसान्त सम्मका लागि बन्द गर्न आह्वान


कोहलपुर
चैत्र ६, २०७६



बाँकेको कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु चैत मसान्त सम्मका लागि बन्द गर्न आह्वान गरिएको छ। कोहलपुर नगरपालिका, नगर शिक्षा शाखाले बिहीबार (आज) एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेको सम्पूर्ण शैक्षिक संस्थाहरुले सञ्चान गरेका शैक्षिक गतिविधिहरु बन्द गर्न आह्वान गरेको हो ।नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले जारी गरेको सूचनामा सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित बालविकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको दैनिक पठनपाठन, सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र, शैक्षिक परामर्श केन्द्र, शैक्षिक प्रतिष्ठानबाट सञ्चालित सम्पूर्ण गतिविधिहरु बन्द गर्न आह्वान गरिएको छ ।विश्वमा कोरोना भाइरस अर्थात कोभिट–१९ को संक्रमण महामारीका रुपमा फैलिँदै गएपछि केन्द्र सरकारको निर्णय अनुसार नै कोहलपुरका शैक्षिक संस्थाहरु पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको उनले बताए ।








