नेपालगन्जमा ५ सय अटो चालकहरुलाई नि:शुल्क मास्क वितरण

कोहलपुर

चैत्र ६, २०७६  

नेपालगन्जमा नि:शुल्क मास्क वितरण कोरोना भइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन  ‘क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्ज’को अगुवाईमा नेपालगन्जका बिभिन्न ठाउँहरू नि:शुल्क मास्क बितरण गरीएको हो ।मंगलबार नेपालगन्जका बिभिन्न स्थानमा कोरोना सम्बन्धि जनचेतानामुलक ब्यानर टाँसेको क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जले बुधबार अटो रिक्सा चालकहरुलाई मास्क बितरण गरेको अभियानका संयोजक डा. बिनोद कर्णले जानकारी दिए ।अभियान अन्तर्गत बुधबार स्थानिय चौलिक्का चोकमा ५ सय जनालाई नि:शुल्क मास्क बितरण गरीएको र बिहिबार पनि धम्बोझी, बिपि चोक लगाएतका क्षेत्रमा मास्क वितरण गरीने कर्णले बताए ।

 

सम्बन्धित खवर

Back to top button