२५ जना भन्दा बढी मलामी जान नपाइने


कोहलपुर
चैत ७, २०७६
कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँग नेपालमा हालसम्म त्यसको पुष्टि नभए पनि सुरक्षाका लागि सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने घोषणा गरिसकेको छ साथै विद्यालय तथा विश्वविद्यालयको परीक्षा पनि स्थगित गरिसकेको छ। हिन्दु धर्मावलम्बीको पवित्रस्थल पशुपतिनाथ मन्दिरमा नियमित पूजाअर्चना जारी रहने र मन्दिर बन्द नगरी दर्शनार्थीलाई केही दुरी बनाएर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइने भएको छ। उनका अनुसार मन्दिर बन्द हुदैन, दर्शनार्थीलाई भिडभाड नगर्न आग्रह गरिएको छ। मन्दिर भित्रको भिडभाडलाई व्यवस्थापन गर्न सुरक्षा निकायलाई जिम्मेवारी दिइसकेको प्रष्ट पारे। विगतमा भन्दा केही दर्शनार्थीको केही दिनयता कमी भएको जानकारी दिए। आर्यघाटमा २५ जना भन्दा बढी मलामी नजानलाई पनि आग्रह गरिसकेको उनले जानकारी दिए। नेपाल सरकारले गरेको घोषणा पशुपति विकास कोषले पनि लगाएको उनले जानकारी दिए। घाटमा मलामी जानैपरे पनि भिडभाडको दुरी मिलाएर बस्न हुनलाई आग्रह गरिसकेको उनको भनाइ छ।


