सल्यानमा लागुऔषध सहित दुई जना महिलालाई पक्राउ

कोहलपुर
चैत ७, २०७६

सल्यानमा लागुऔषध सहित दुई जना महिलालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट रुकुमतर्फ गइरहेको फोर्स गाडीबाट लागुऔषध सहित उनीहरुलाई सल्यान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ की रुपा वली र सानोभेरी गाउपालिका ३ की ओकमाया पुन रहेकि छन् । यात्रुसंग २ मिनेट अभियान संचालन गरेको सल्यान प्रहरीले अभियानकै क्रममा शंका लागे पछि चेक जाँच गर्दा निजहरु सँग लागुऔषधको रुपमा प्रयोग हुने केही ट्याब्लेट्स र गाँजा फेला परेको जानकारी दिए।
रुपा वलीको शरिरबाट नाईट्राजेपामको ३० वटा ट्याब्लेट र ओकमाया पुनको शरिरबाट नाईट्राजेपामको ६० वटा ट्याब्लेट, ३ ग्राम गाँजा र लागूऔषध सेवन गर्न बनाईएको प्लाष्टिकको डिब्बा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

Back to top button