गोकर्णेश्वर नगरपालिकामा सेवाग्राहीलाई बाहिरै साबुन पानी वा सेनिटाइजर प्रयोग गरेपछि मात्र भित्र प्रवेश

कोहलपुर
चैत ७, २०७६

 

                    कोरोना भाइरस(कोभिड १९)को रोकथामका लागि गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा जाने सेवाग्राहीलाई बाहिरै साबुन पानीले हात धोएर वा सेनिटाइजर प्रयोग गरेपछि मात्र भित्र प्रवेश गराउन थालेको छ। कोरोनाको त्रास बढ्दै गएपछि रोकथाम गर्न भन्दै नगरपालिकाले शुक्रबार(आज)बाट सावुन पानीले हात धुने व्यवस्था गरेको हो। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले कोरोना भाइरस रोकथामका लागि बाहिरै हात धोएर मात्र नगरपालिकाभित्र जाने व्यवस्था गरेको बताए। ‘विश्वभर अहिले कोरोना भाइरस फैलिदै गएको छ,’उनले भने,‘नेपाल पनि उच्च जोखिममा छ। भाइरस रोकथामका लागि नगरपालिकाले आजबाट नगरपालिकामा आउने सबै सेवाग्राहीलाई बाहिर साबुन पानीले हात धुने र सेनीटाइजर प्रयोग गरेर भित्र पठाउने व्यवस्था गराएका छौँ।’

 

सम्बन्धित खवर

Back to top button