एक महिनाको भाडा नलिने घोषणा : उपप्रमुख मञ्जुदेवी गुरुङ


कोहलपुर
२०७६,चैत्र ९



पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफुले भाडामा लगाएको जग्गाको चैत महिनाको भाडा वापतको रकम नलिने घोषणा गरेकी छिन ।कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै जग्गा भाडामा छुट दिन जग्गा भाडावाला व्यवसायीले उनलाई आग्रह गरेका थिए ।उनले गरेको आग्रहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं ६ जरेबरमा आफ्नो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा वापतको ६५ हजार रुपैयाँ ती व्यवसायीबाट नलिने निर्णय गरेको गुरुङले जानकारी दिइन ।