कोरोना भाइरस (कोभिड–१९)को कारण चीनमा महिनौंदेखि बन्द सिनेमाघर पुनः सञ्चालनमा

कोहलपुर
२०७६ चैत्र ,९

बेइजिङ : चीनमा कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण महिनौंदेखि बन्द सिनेमाघर पुनः सञ्चालनमा आएका छन्। चीनको फिल्म टिकट एप्सका अनुसार हाललाई करिब १७ वटा सिनेमाघर खुलाइएको छ। तर, देशभरिका सिनेमाघरबाट चलेका फिल्मले भने जम्मा एक हजार ७० डलर मात्र कलेक्सन गरेको छ।फिल्म क्षेत्र संकटमा परेको अवस्थामा संकट कम गर्न चाइना फिल्म ब्युरोले सिनेमाघरलाई पाँचवटा पुराना सुपरहिट फिल्म चलाउन अनुमति दिएका हुन्। तिनमा ‘वुल्फ वारियर २’ ९२०१७०, ‘द वेदरिङ अर्थ’ ९२०१९०, ‘उल्फ टोटेम’ ९२०१५०, ‘अमेरिकन ड्रिम्स इन चाइना’ ९२०१३० र ‘केपरनाम’ ९२०१८० दिने भएको छ। प्रदर्शन गरिएका ती फिल्मबाट कलेक्सन भएको सबै रकम सिनेमाघरले नै लिन पाउने छन्। त्यसैगरी सिनेमाघरमा दर्शकलाई लोभ्याउन विस्तारै स्थानीय फिल्मदेखि अस्कर अवार्ड जितेका फिल्म चलाउनुपर्ने आइम्याक्सका सीईओ रिचर्ड गेलफान्डले बताएका छन्।

 

सम्बन्धित खवर

Back to top button