कैलालीमा एकजनाको मृत्यु विस्फोटमा परी


कोहलपुर
२०७६,चैत ९
कैलाली जिल्लाको गोदावरी नगरपालिका-४ फुलबस्तीमा पित्तल जस्तो देखिने वस्तु विस्फोट हुँदा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो। जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालयमाला खेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।
डिएसपी बस्नेतले दिएको जानकारीअनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।





