कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना भाइरसबाट बच्न सचेत र सतर्क रहन सर्वसाधारणलाई आग्रह



कोहलपुर
२०७६,चैत्र १०
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना भाइरसबाट बच्न सचेत र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।आईतबार कोहलपुर नगरपालिकाको समन्वयमा बसेको सर्वपक्षिय बैठकमा सम्बोधन गर्दै नगर प्रमुख रावतले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सतर्क र सजग रहन आग्रह गरेका हुन् । रावतले कोरोनाका संका लागे वा लक्षण देखेमा चिकित्सक, स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसरण गर्न अपिल गरे ।घर बाहिर सकेसम्म ननिस्कन उनले आग्रह गरे । उनले भने,–‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा कोहलपुर पनि रहेको छ । त्यसका लागि सतर्कता अपनाउनका लागि आग्रह गर्दछु ।’ उनले संकटको यस घडीमा संघ, प्रदेश सरकार र पालिकाहरुको लागि समेत चुनौती भएकाले सबै नागरिकहरु एकजुट भइ संकटको सामना गर्नुपर्ने धारणा व्यक्त गरे ।


