बाँके जिल्लामा दुई आइसोलेसन

कोहलपुर
२०७६,चैत्र १०

बाँके प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा कोभिड १९ को पुर्ब तयारीका लागि प्रतिकार्य यसलाई निरन्तण सम्बन्धि बैठकले मुख्यतया दुई स्थानलाई आइसोलेसनका लागि चयन गरेको छ ।बाँके जिल्लामा कोभिड १९ कोरोनाको उच्च सतर्कता अपनाउन आइसोलेसनका लागि अर्बुद रोग अस्पताल र नेपाल प्रहरीको अस्पताललाई चयन गरि उपचारको ब्यबस्था मिलाउन जिम्मा भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजलाई तोकिएको छ । उक्त बैठकले छिमेकी राष्ट्र भारतबाट आउने सम्पुर्ण सवारी साधनलाई मेडिकल सम्बन्धि चेकजाँज पूरा गरेर मात्र प्रबेश गराउने निर्णय गरेको छ । दुई देश बिच आवागमनको समेत अभिलेख राख्नुपर्ने जनाइएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button