फ्रान्सबाट नेपाल आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण

कोहलपुर
२०७६,चैत्र १०

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको छ । सोमवार स्वास्थ्य मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सबाट चैत ४ गते मंगलवार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो । उनी होम क्वारेन्टाइनमा थिइन् ।टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो । यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । तर उनी उपचारपछि घर फर्किसकेका छन् ।

 

सम्बन्धित खवर

Back to top button