नेपाल भारत सिमा जमुनाह नाकामा सोमबार अलपत्र ५ सय नेपालीको उद्धार


कोहलपुर
२०७६,चैत्र १०



भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्कदै गरेका तीनसय बढी नेपाली कामदार नेपाल भारत सिमाको जमुनाह नाकामा सोमबार बिहानदेखी अलपत्र परेका छन ।५ नम्बर प्रदेशका विभिन्न जिल्लाका उनिहरु अहिले केही दशगजा क्षेत्रमा र केही भारतको एसएसबी बल नजिक बसिरहेका छन ।भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएको उनिहरुले बताए । ‘हामीहरुलाई नाका बन्दबारे केही थाहा थिएन, हामीहरु अस्ति हिडेका हौं, हिजो भारतमा जनता कर्फ्यु भएपनी ठाउँ-ठाउँ बाट भारतिय पुलिसहरुले आफै गाडीको व्यवस्था गरेर हामीलाई यता पठाइदिए, कहिँ रोकेनन’ उनिहरुले भने । राती २ बजे यहाँ पुगेको भन्दै छिटोभन्दा छिटो व्यवस्थापन गरिदिन उनिहरुले आग्रह गरेका छन ।‘तीनसय बढी नेपाली राती २ बजे यहाँ पुगेका हुन, उनिहरुका बारेमा मैले सिडिओ साप र एसपी सापलाई जानकारी गराएको छु, के गर्ने भन्ने बारेमा पहल भइरहेको छ ।’ जमुनाह प्रहरी इन्चार्ज माधव रिजालले भने ।उनले सय जनाको हाराहारीमा दशगजामा रहेका हरुलाई चाउचाउ र पानीको व्यवस्था गरिदिएको बताए । ‘दशगजामा रहेका करिब सयजनालाई चाउचाउ र पानीको वयवस्था गरेको छु, अब पारी रहेका करिव ढाई सय जनाको लागि व्ययस्था गर्दैछु ।’ उनले भने ।बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको हिजो बिहान गरेको सहमति अनुसार हिजो बिहान साढे दस बजेदेखी यो नाका बन्द गरिएको थियो ।रुपैडिहा एसएसबी बल नजिक रहेका ढाईसय बढी यात्रुलाई चाउ चाउ र पानीको वयवस्था लायन्स क्लब अफ नेपालगन्जले गरेको छ ।








