प्रलयकारी दुश्मन कोरोना संग जुध्न यकताबध्द बनौ

गगन बहादुर खड्का (जिवन) :

विरुपमा मानव जातिमाथि हमला बोलीरहेको   कोरोना भाइरस Covid19 काबिरुध्द सिङ्गो विश्व लडिरहेको छ।यो लडाईमा हजारौ मानिसहरुको ज्यान समेत गइसकेको छ,लाखौं मानिसहरु covid19को अाक्रमण बाट अाक्रान्त छन र अझ भनौ जीवन मरणको लडाईमा छन।covid19 को विश्वब्यापि महामारी बाट करोडौ मानिसहरु भयभित र अातंकित छन।

यो भयावह स्थितिमा यसबाट वच्न संसारका कयौं मुलुकहरुले Locked down गरीसकेको अबस्था छ।यो स्थितिमा हामीले के गर्ने भन्ने बारे विभिन्न बिज्ञ र बैज्ञानिकहरु द्वारा विभिन्न माध्याम बाट छिनछिनमा सुचना प्रवाह भइरहेका छन।अथवा कोरोना भाइरसको सामना कसरी गर्ने भन्ने बिषयमा विभिन्न विधि सहितका जानकारी हामीले प्राप्त गरीरहेका छौं।यो महामारी के हो?यसको उपचार र रोकथाम कसरी गर्न सकिन्छ र कसरी वच्न सकिन्छ भन्ने कुराको सुचना सहित हाम्रो मुलुकमा समेत सरकार द्वारा लगडाउन गरिसकेको अबस्थामा छौ।

हामीले हाम्रो दायित्व र भुमिका कसरी पूरा गर्छौं ?कोरोना संगको हारजीत यसैमा निहित छ जस्तो लाग्छ।यतिभनिरहदा सरकार अाफ्नो अहंम दायित्व बाट किमार्थ बिचलित हुन मिल्दैन।
जनताको दायित्वको कुरा गर्दै गर्दा जनस्तरबाट सतहमा देखियका दुइटा गलत प्रबृति संग जुध्नै पर्ने देखिन्छ।

 

१)कोरोना भाइरस हाम्रोअाजको मुख्य दुश्मन हो भन्ने कुरालाई नजरअंदाज गर्ने समस्या।
सरकार द्वारा कतिपय स्थानमा सामाजिक रुपमा तय गरियका नीति निर्णय एवं निर्देशन हरु कडाईका साथ पालना गर्नुको साटो केही निहित स्वार्थ पूरा गर्न समाजमा गैर जिम्मेवार तरिमाले खुला एवं लुकिछिपी गलत हर्कतहरु कायम राख्नु, ,जाडपाटी ,जुवातास अादिमा ग्यादरिङ्ग भई अराजकता प्रदर्शन गर्नु सामाजिक दुरी कायम राख्ने कुरालाई बेप्रवाह गर्नु,अाफु र अाफ्ना परिवारका सदस्यहरुलाई घर तथा कम्पाउण्डमै सिमित गर्न अधैर्य बन्नु,अादि समस्याहरु सतहमा नै देखिन्छन।

अत: उपरोक्त समस्याहरु खासगरी कोरोना भाइरस जस्तो दुश्मन लाई न्युनिकरण गर्ने अराजक प्रवृति संग सरकार र समुदायको एकीकृत पहल सहित निर्ममतापुर्वक जुध्न अति अाबश्यक छ।यसलाई हाम्रो पहिलो दायित्व र कार्यभार बनाउनु पर्छ।

यद्येपि कोरणा मानिसको काबुमा नै नभय झै अति भयभित र अातंकित बन्ने
प्रबृति पनि घातक छ।

२)दोश्रो समस्या भनेको संकिर्ण सोच अझ भनौ अज्ञानता हो।
खासगरी गलत अर्थ लाग्दैन भने हाम्रो जस्तो पिछडियको समाजको अाधारभुत बर्गमा कोरोना भाइरस भनेको के हो? यसले कसरी अाक्रमण गर्छ, र वच्न के के उपायहरु अबलम्बन गर्नु पर्छ ?भन्ने कुराहरुको
वास्तै छैन ।त्यसकारण सबभन्दा धेरै सुचना, प्रचार,प्रोपगाण्डा ,प्रशिक्षण र छलफल समाजको यहि बर्गमा चलाउन अाबश्यक छ।कतिपय स्थानिय निकायहरुले जनतालाइ 1/1 वटा सावुन बितरण गरेको कुरा प्रचार गरियको छ।म त भन्छु यहाँ यतिवटा अाइसोलेशन वार्ड बनाइयो वहाँ यतिवटा क्वारेन्टाइन हाउस बनाईयो भनेर प्रचार गरेर अात्मरति लिनु भन्दा
जनताको घरदैलो सम्म पुग्ने कार्यक्रम बनाउँ र जनतालाई अवारनेस गरौं।सामाजिक दुरी कायम गर्दै सामाजिक अगुवाहरु जनताको बिचमा जानै पर्छ।सामाजिक संजालका भित्ता रंग्याउनु भन्दा सयौ र हजारौं इलेक्ट्रोनिक प्रचारबाट बेखबर जनताका बिचमा प्राक्टीकल्ली तेहि भनौ र पढाअौं।कोरनाका लक्षणहरु,संक्रमणका कारणहरु र बच्ने उपायहरु बतअौं।यो हाम्रो दोश्रो दायित्व र कार्यभार हो।बताइरहन नपर्ला पहिलो कार्यभार पूरा गर्न डण्डा प्रधान र दोश्रो कार्यभार पूरा गर्दा प्रोपोगन्डा प्रधान बन्नेछन।
कोरोना जस्तो प्रलयकारी दुश्मन सग जुध्न अाउनुस हामी यकताबध्द बनौ र सचेत मानिसहरु सक्रियता पुर्बक जनताको दैलो दैलो मा पुगौं।

सम्बन्धित खवर

Back to top button