घरभाडा छुट नदिनेलाई सरकारले एक्सन लिने चेतावनी

काठमाडौं ।  मन्त्रिपरिषदको बैठककाे निर्णय अनुसार देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् । यदि यो निर्णय  नमान्ने घरधनीलाई कारवाही गर्ने जनाएका छन्।

अर्थमन्त्री खतिवडाले मंगलबार सरकारी समाचार एजेन्सी राससलाई अन्तर्वार्ता दिँदै भाडा छुट नदिने घनधनीलाई सरकारले कडा एक्सन लिनसक्ने समेत चेतावनी दिएका छन् ।

महामारीमा मानवीयता देखाएर बिना कुनै शर्त एक महिनाको भाडा छुट दिन आग्रह गरेका छन् । एक महिनाको भाडा छुट दिँदा कोही पनि टाट पल्टिने अवस्था रहदैन ।’ साथै मन्त्रिपरिषदको निर्णय कार्यान्वयनमा बिनाशर्त सहयोग गर्न समेत आग्रह गर्दै बजेटमा घरधनीहरुलाई सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । बजेट आगामी जेठ १५ गते संसदमा पेश हुनेछ । उनले भनेका छन्, ‘अहिले निशर्त रुपमा सहयोग गर्नुस, सरकारले पछि हेर्छ ।’

मन्त्री खतिवडाले घरभाडा छुट नदिनेलाई सरकारले एक्सन लिनसक्ने समेत चेतावनी दिएका छन् । मन्त्री खतिवडाले अन्तर्वार्तामा भनेका छन्, ‘तपाईहरुको विवरण मोटामोटी सरकारलाई थाहा छ, सहयोग गर्नुस, तपाईहरुलाई त्यसबापत के मर्का पर्छ के गर्नुपर्ने हुन्छ, हामी गरौंला ।’

लकडाउनको अनुशासन पालामा गर्न अपिल गरेका छन्।

सम्बन्धित खवर

Back to top button