१० रुपैयाँले घट्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य 

 

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको हो।

यो निर्णय बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिले गरेको हो। निगमका अनुसार १ अप्रिलमा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार आजै देखि लागू हुनेगरी पेट्रोलिय पदार्थको मूल्य घटाइएको हो।

यो निर्णयसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ८५ रुपैयाँ भएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटेको छ।

अब हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ। बाह्‍य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ।

सम्बन्धित खवर

Back to top button