“सीमानामा नेपाली अलपत्र छाड्नु सरकारको गैर जिम्मेवारी”


काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपाली अल’पत्र पर्नुमा सरकार गैरजिम्मेवार भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत सीमानामा खुला आकाशमुनि नेपाली अलपत्र पर्नुमा सरकार गैर जिम्मेवार भएको अभिव्यक्ति दिएका हुन्।
विहीबार ट्विट गर्दै उनले भनेका छन्, “नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुख:द हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।”



विश्वभर फैलिएको कोरोना भाइरसको संक्र’मणको त्रा’सले सरकारले सीमा नाका ब’न्द गरेपछि रोजगारीका लागि भारत गएका नेपाली अल’पत्र परेका हुन्। कोरोनाको त्रा’सले भारत सरकारले पनि २१ दिन लामो लकडाउन गरेको छ। त्यसैले भारतमा काम गर्न गएका नेपालीहरू अल’पत्र परेका हुन्। त्यसलगत्तै, अर्को ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सीमामा अलपत्र परेका नेपाली देशभित्र ल्याउन व्यवहारिक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सीमानामै खुल्ला आकाशमुनी राख्न नहुने जिकिर गरेका छन्।
उनी लेखेका छन्, “बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन।सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको?हुनै सक्दैन।” उनले तत्कालै अल’पत्र परेको नेपालीको उ’द्दार गरेर क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन्।

<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन।सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको?हुनै सक्दैन।</p>— NKShresthaPrakash (@nksthaprakash) <a href=”https://twitter.com/nksthaprakash/status/1245534520578719749?ref_src=twsrc%5Etfw”>April 2, 2020</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>
<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुख:द हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।+</p>— NKShresthaPrakash (@nksthaprakash) <a href=”https://twitter.com/nksthaprakash/status/1245531265580720128?ref_src=twsrc%5Etfw”>April 2, 2020</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>








