लकडाउनले प्रदुषण शून्य, ओजोन तहको प्वाल टालिँद
एजेन्सी : विश्वभर कोरोनभाइरसको महा’मारीका कारण धेरै स्थानमा पूरै वा आंशिक लकडाउन भएपछि ओजोन सतहको प्वाल सुधारोन्मुख रहेको बताइएको छ। विश्वभरको यस्तो लकडाउनका कारण भएको वायुमण्डलीय परिवर्तनले काम गर्न थालेको एक अध्ययनले जनाएको छ।
न्यु साइन्टिस्टले जनाएअनुसार अन्टाक्र्टिकामाथिको ओजोनको प्वाल टालिँदै छ। यससँगै वायुमण्डलमा बहावमा परिवर्तन भएको जनाइएको छ। दक्षिणी गोलाद्र्धको वायुमण्डलमा सुधार भएपछि नराम्रो परिवर्तन रोकिएको साइन्स एलर्टले जनाएको हो ।
सन् १९८० को अन्त्यतिर ओजोन सतहमा क्षतिसँगै दक्षिणी वायु दक्षिणी ध्रुवतर्फ धकेलिएको थियो। यसले गर्दा वर्षा र समुद्री हावाको बहावको ढाँचा पनि परिणत भएको अध्ययनले देखाएको छ । सन् १९८७ को मोन्ट्रियल प्रोटोकलले भनेअनुसार ओजोन सतहमा क्षति पुर्याउने उत्पादन निषेध गरेको थियो।
साइन्स डेलीको अनुसन्धान प्रतिवेदनअनुसार भू–उपग्रहबाट गरिएको नयाँ अनुसन्धान र हावापानीको तथ्याङ्क विश्लेषणबाट ओजोन सतह सुधारोन्मुख हुँदै गएको बताइएको छ। कोलोराडो–बल्डर विश्वविद्यालयका लागि अन्तरा बेनर्जी र उनको समूहले यो अनुसन्धान गरेको हो।
बेनर्जीका अनुसार १९८० को जस्तै ओजोन सतह पूरै भरिन उत्तरी गोलाद्र्धमा सन् २०३० सम्म पर्खिनुपर्नेछ भने दक्षिणी गोलाद्र्धमा यो सन् २०५० मा मात्र सम्भव हुनेछ। अध्ययनमा समावेश गरिएको अन्टाक्र्टिकाको एउटा प्वाल भने सन् २०६० मा मात्र पूर्णतः सुधारिने उनी बताउँछिन्।
न्यु साइन्टिस्टले ओजोन सतहमा क्ष’ति पुर्याउने चीजहरूको जीवनकाल लामो हुने बताएको छ। अर्थात्, ओजोन तहको पूर्णः सुधार अर्को दशकसम्म हुनेछैन।
यो प्रक्रिया पूर्णतः कोभिड–१९ म’हामारीका कारण उद्योग–कारखान ब’न्द भएकोले मात्र भएको होइन, तर विश्वभर वायुमण्डलमा हा’निकारक चीज छोडिने प्रक्रिया रोकिएपछि यसले सकारात्मक वातावरणीय सुधार भने ल्याएको हो।
कोभिड–१९ लाई निय’न्त्रण गर्ने प्रयासमा यसरी सबै उद्योग–कलकारखाना ब’न्द भएपछि कार्बन डाइअक्साइडको उत्पादन घटेको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। उक्त संगठनले भने यसरी हा’निकारक ग्यासको उत्पादन कमी हुनु भनेको जलवायु परिवर्तनविरुद्ध ल’ड्न छोड्नु भएको जनाएको छ।
सिभर वेडर युरोपले गरेको एक अध्ययनमा उत्तरी गोलाद्र्धमा विशेषतः चिसो मौसममा बढी कार्बन डाइअक्साइड उत्पादन हुने बताइएको छ। तर यसपटक भने यस्तो भएन। अध्ययनकर्ताहरूले लेखेका छन्, ‘कार्बन डाइअक्साइडको मात्रा अन्य समयभन्दा बिस्तारै वृद्धि भएको देखिएको छ।’
‘अमेरिकाको हवाइस्थित माउना लाओ प्रयोगशालाबाट प्राप्त गत १२ महिनाको कार्बन डाइअक्साइडको तथ्याङ्क हेर्दा गत वर्ष यसै समय धेरै कार्बन डाइअक्साइड उत्पादन भएको थियो,’ उनीहरूले लेखेका छन्, ‘तर यस वर्ष वृद्धि पहिलेभन्दा बिस्तारै छ।’
ट्वीटरमार्फत् कोलोराडो बोल्डर विश्वविद्यालयका हावापानी वैज्ञानिक क्रिस करनौस्कसका अनुसार यसरी कार्बन डाइअक्साइडको उत्पादन घट्नु उद्योग–कलकारखाना रोकिँदा भएको हुनसक्छ। तर यही मात्र कारण हो भन्ने निश्चित प्रमाण नभएको उनी बताउँछन्।
सन् १९७५ देखि यसरी कार्बन डाइअक्साइडको उत्पादन न्यून भएको यो दोस्रोपटक भएको उनी बताउँछन् ।कोभिड–१९ महा’मारीपछि लकडाउन भएका इटाली र चीनजस्ता देशहरूमा वायु प्रदू’षण पनि घटेको देखिएको छ।