चिकित्सक हुनुको पीडा: परिवारलाई घरबाहिरैबाट भेटेर फर्किए
एजेन्सी : विश्वभर फैलिएको कोभिड-१९ ले करिव ४७ हजार बढीको ज्यान लिइसकेको छ । कोरोनाभाइरसविरुद्धको ल’डाइँमा संसारभरका अस्पतालमा चिकित्सकहरूको सं’घर्ष जारी छ । इटलीमा मात्रै ६६ बढी चि’कित्सकले सं’घर्षकै क्रममा जीवन अर्पण गरिसकेका छन् ।
चिकित्सक र नर्सहरू छुट्टी नलिइकन लगातार तीन दिनसम्म बि’रामीको उपचार गरिरहेका छन् । त्यसक्रममा उनीहरू घरपरिवारसँग सम्पर्कमा छैनन् । आफ्नो स्वास्थ्यको हेरचाह पनि गर्न पाइरहेका छैनन् । तर, पनि उनीहरू उपचारमा कुनै कमी हुन दिइरहेका छैनन् ।
भारतको मध्य प्रदेशमा रहेको भोपालमा डा. सुधीर डेहरिया कोरो’नाका रो’गीहरूको उपचारमा अहोरात्र खटिएका छन् । चीफ मेडिकल यान्ड हेल्थ अफिसर भएका नाताले पूरा जिल्लाको जिम्मेवारी उनमा छ ।
डा. डेहरिया आफ्नो काममा व्यस्त भएर पाँच दिनसम्म घर आउन सकेनन् । पाँचौं दिन घर आउँदा उनले जिम्मेवारीलाई विचार गर्दै घरभित्र पाइला राखेनन् । घरको मुख्य ढोकाबाट पाँच फीट पर बसे, चिया पिए, परिवारको हालखबर सोधे र अस्पतालतिर फर्किए ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले डा. डेहरियाको निष्ठाको प्रशंसा गर्दै चिकित्साकर्मीहरूप्रति गर्व लागेको बताए ।