जे माग्यो त्यहीं पूरा हुने मन्दिर, यसरी निस्किन्छ नाग देवता


दोलखा : जिल्लाकै नमूना ठाउँ अर्थात पर्यटकीय केन्द्र मानिने जिरीले आफ्नो छुट्टै बिशेषता बोकेको छ । राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ यो । पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि मानिन्छ ।
चारैतिर हरीयाली, तामाकोशीको गडगहाडट, झर्झर झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ यहाँ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याउँछन्।



स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो । मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको पाइन्छ ।
यहीं जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषताले झन यो ठाउँलाई विषेश बनाएको छ । हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजनहरु आउने गर्दछन्।
जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरमा रहेको कुण्डमा ठूला नागको आकृति देखिने गरेको स्थानीयको भनाई छ । त्यस्ता आकृति देख्नको लागि भक्तजनमा पबित्रता हुनुपर्ने र जे माग्यो त्यहि वर पुरा हुने बिश्वास रही आएको छ स्थानीय बताउँछन् ।